बर्दिवास साहित्यको ६५ औं शृङ्खला वनभोजमय
यही मिति २०८१ साल पुस ६ गते शनिबारका दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान बर्दिबास महोत्तरीको ६५ औं शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका सचिव यशोदा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा अतिथिहरुमा लेखनाथ स्मृति सदनका कोषाध्यक्ष अनन्त पौडेल, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्रसाद काफ्ले, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य राम मिलन, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य विमला विक, प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्ले, आख्यान विभाग प्रमुख लीलानाथ गौतम, प्रचारप्रसार विभाग प्रमुख जीवनराज दहाल, नवसर्जक साहित्य चौतारी मधेस प्रदेश उपाध्यक्ष प्रतिमा पौडेल र प्रलेस केन्द्रीय सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए ।
उक्त कार्यक्रममा विभिन्न लयका गीत, कविता, मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा प्रसंशा वाग्ले, प्रतिमा पौडेल, प्रविण पौडेल, अनन्त पौडेल, बन्चरो, विश्वास अभियान, यशोदा श्रेष्ठ, संगीता पोखरेल, रसिक पौडेल राम मिलन, दशक बलम्पाकी आदिले रचना प्रस्तुत गरे भने कार्यक्रममा रोचकमणि पौडेल, मनिषा उराउ, प्रिसा वाग्ले, मणिराज ढुङ्गेल, लक्ष्मी मिश्र, अनमिका साह, क्याट्रिना माझी, अञ्जली मिश्र, मोनालिसा बलम्पाकी र निशान साहको उपस्थिति थियो । उक्त कार्यक्रम साहित्य शृङ्खलाका साथै नृत्यको बेजोड प्रस्तुतिले रोमाञ्च बनेको थियो ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको शृङ्खलासहितको वनभोजमा सक्रिय सहभागी भएर भव्य र सभ्य रुपमा सम्पन्न गर्नुहुने अतिथि लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै यहाँहरूको सदैव यस्तै साथसहयोग रहने अपेक्षा छ भन्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रम मिथिला नपा को वडा नं १० लालगढ स्थित अजिङ्गरे धारापानीको वनभोज स्थलमा (पिकनिक स्पोर्ट्स )भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्