फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा
काठमाडौं । रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।
आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् ।
पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन् । सार्वजनिक पोस्टरबाट उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको छ ।
‘रेशम फिलिली’मा भने विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो । यसपटक सिनेमामा मेनुका दोहोरिएकी छैनन् । निरोज महर्जनको निर्देशन रहेको सिनेमामा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी, सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।
सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाको सह–निर्माताको रुपमा एनी थापा छन् । सिनेमालाई यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #breaking, #फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्