जनता साहित्यिक मञ्च गौरीडाँडाको चौथो शृङ्खला सम्पन्न
यही मिति २०८१ साल मंसिर २७ गते बिहीबारका दिन जनता साहित्यिक मञ्च गौरीडाँडाको चौथो शृङ्खला यस मञ्चको अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षता तथा पूर्व प्रअ नेत्रबहादुर रम्तेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उक्त शृङ्खला यस मञ्चका उपाध्यक्ष राजेश भण्डारीले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा आफ्ना रचनासहित शुभकामना मन्तव्य राख्ने अतिथि वक्ताहरूमा प्रविण पौडेल, डा. विमल सिलवाल, रामचन्द्र पौडेल र नेत्रबहादुर रम्तेल थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका कविता, गीत, गजल वाचन गरिएका थिए, भने सुरज विकले गरेकोे क्यारिकेचरले कार्यक्रममा रौनक थपिएको थियोे । आफ्ना रचना वाचन गर्ने स्रष्टाहरूमा सन्जु महतो, ललित महतो, राजेश भण्डारी, सुरज विक, विद्या साह, साँक्षी यादव, प्रविण पौडेल, विश्व कार्की, विमल सिलवाल, रामचन्द्र पौडेल र नेत्र रम्तेल थिए भने कार्यक्रममा सक्षम बराल, प्रेम महतो, ममता खड्का, अर्पना पहाडी, प्रतिमा सेन्चुरी, रेनुका श्रेष्ठ, प्रिन्स पोखरेल, रमित ढुंगाना, विवेक यादव, सलिना मगर लगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा बोल्दै विमल सिलवाल, रामचन्द्र पौडेल र नेत्र रम्तेलले साहित्य समाजको ऐना हो जसले समाजका हरेक पक्षको शब्दद्वारा चित्रण गरेर समाजको उन्नतिप्रति चेतना जगाउने सिर्जना गर्नु आवश्यक छ, तसर्थ सबैका रचनामा त्यस्तो आभास पाइन्छ साथै आगामी दिनमा अझ राम्रा सिर्जना आउन भनेर शुभकामना दिएका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष सुप्रिया बस्नेतले कार्यक्रममा उपस्थिति हुने प्रमुख अतिथि, अतिथि लगायत उपस्थिति सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रम जनता मा वि गौरीडाँडाको सभाहलमा भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्