‘पूर्णबहादुरको सारङ्गी’ पछि ‘लाज शरणम्’मा देखिदै विजय बराल, छायांकन सुरू
काठमाडौं । पूर्णबहादुरको सारङ्गीबाट चर्चामा आएका विजय बरालले ‘लाज शरणम्’ को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् ।
दशैं अघि डोल्पा सुटिङ सकेको सिनेमाले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ ।
सिनेमाको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो । विजयको यो ‘पूर्णबहादुर सारङ्गी’को रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ ।
सिनेमामा मुुन्द शरेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ)लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह निर्माताको रुपमा रहेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्