बर्दिबास साहित्यिकको अर्को एउटा शृङ्खला
यही मिति २०८१ साल मंसिर ०८ गते शनिबारको दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६४ औं शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
शृङ्खलामा प्रस्तुत भएका रचनामाथि समीक्षासमेत गरिएकोले कार्यक्रम रोचक भएको थियो । यस अघि रचना वाचन सकिएपछि सामान्य चर्चा पाउने रचनाले यो पटक भने पालैपालो समीक्षा गरिएको थियो । सो कार्यक्रममा आफ्नो मन्तव्य सहित रचना वाचन गर्ने अतिथि स्रष्टाहरूमा साहित्य अनुरागी तथा मगही भाषा अभियन्ता नवल किशोर महत, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्रसाद काफ्ले, प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्ले, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, अखिल नेपाल लेखक सङ्घ मधेस प्रदेश अध्यक्ष तथा प्रलेस मधेस प्रदेश सचिव भिम राउत, प्रलेसका केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी र जनसांस्कृतिक महासङ्घका मधेस प्रदेश अध्यक्ष नाट्यकर्मी राजेश सक्सेना थिए भने यसको व्यवस्थापकीय भूमिकामा प्रतिष्ठानका प्रचारप्रसार विभाग प्रमुख जीवनराज दहाल थिए । कार्यक्रममा श्री देउराली मा वि बर्दिबास -१, महोत्तरीका प्र.अ. कुमार घिमिरे अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रममा विभिन्न लयका कविता, गजल र गीत प्रस्तुत गरिएका थिए । रचना प्रस्तुत गर्ने स्रष्टाहरूमा नवल किशोर महतो, रोचकमणि पौडेल, विश्वास अभियान, बन्चरो, जीवनस्पर्शी, पवन वाग्ले, भिम राउत र राजेश सक्सेनाले वाचन गरेका थिए भने भने कार्यक्रममा विजय ठाकुर, आदित्य साह, रितेश साह, दीक्षान्त परियार, सुवास मण्डल, विशाल पण्डित, अमोद वि.क, समर यादव र उमा खड्का लगायतको उपस्थिति थियोे ।

कार्यक्रममा बोल्दै अतिथि राजेश सक्सेनाले साहित्यले समाजका दुःख, पीडा र समस्या उजागर गर्दै समधानको बाटो लिनुपर्छ भन्ने कुरा व्यक्त गरेका थिए । यसैगरी आजका रचनामा वर्तमान समयमा राजनीतिले समाजमा फैलाएका वितृष्णालाई खरो उपमा उठान गरेको पाइयो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६४ औं शृङ्खलामा सहभागी भई ार्यक्रम सभ्य तथा भव्य रुपमा सम्पन्न गर्न अहम् भूमिका खेल्ने अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम श्री देउराली मा.वि.को प्राङ्गणमा सम्पन्न भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्