बर्दिवासका उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक
केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जिवनाथ पोखरेल ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् ।

स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिला तर्फ रिता केसीले साथ दिएकी छिन् ।
उल्टो त्यो पनि पृथक साइकल सवार गरी तयार पारिएको ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ गीतको भिडियो भर्खरै मात्र OSR Digital र ‘बर्दिवास मिडिया हाउस’ मार्फत सार्वजनिक गरिएको छ ।

१८ वर्ष अघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल हाँकेर ‘उल्टो साइकल यात्री’को रुपमा नाम राखेका गायक पोखरेलले यस गीतको सम्पूर्ण छयाङ्कन बर्दिवास नगरभित्र नै गरेका हुन् । गीतको भिडियोमा पोखरेललाई सुधा गौतमले अभिनयमा साथ दिएकी छिन् ।

पोखरेल स्वयंले निर्देशन गरेको उक्त गीत यतिखेर सम्पूर्ण बर्दिवास वासीको मन मुटुमा बस्न सफल भएको छ ।
वडा नं. १ का वडा सचिब पनि रहेका पोखरेललाई उक्त गीतको सफलताको धेरै धेरै शुभकामना ।।
– पञ्चामृत कार्यक्रम परिवार
तथा साझापाना डट कम परिवार

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्