साहित्यकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’को परिचर्चा
खाँदबारी । साहित्यकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’को परिचर्चा गरिएको छ । नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा खाँदबारीमा उपन्यास माथी परिचर्चा गरिएको हो ।
शनिबार खाँदबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकारहरु ताराबहादुर बुढाथोकी, भरत कुलुङ र वरिष्ठ पत्रकार जीवनाथ खनालले पुस्तकको परिचर्चा गरेका हुन् । परिचर्चाकारहरुले पुस्तकको सवल पक्ष र सुधारात्मक पक्षहरुको चर्चा गरेका छन् ।

उपन्यासमा गोरखा फौजले भोगेका भोगाईहरुको कथा समेटिएको परिचर्चाकारहरुले बताएका छन् । विश्वयुद्धको समयमा किवाहाङ नामको पात्र नेपालबाट युद्धभुमीमा पुगेर भोगेको विविध घटनाहरु समेटिएकोले एक ऐतिहासिक उपन्यास रहेको परिचर्चाकारहरुले बताएका छन् । त्यस भित्रका केहि तथ्याङ्क तथा घटनाक्रमहरु मिलाउन आवश्यक रहेको समेत परिचर्चाकारहरुले औँल्याएका छन् ।
कार्यक्रममा बोलनुहुँदै उपन्यासकार राईले पुस्तक भित्रको पात्रहरु काल्पनिक भएपनि कथा सत्यमा आधारित रहेको बताउनुभयो । उपन्यास लेखनको क्रममा आफुले पर्याप्त अुनुसन्धान गरेर अन्तिम रुप दिएको जानकारी दिनुभयो । उपन्यास किवाहाङको दोश्रो भाग समेत प्रकाशन हुने उपन्यासकार राईले जानकारी दिनुभयो ।
खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लाका लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार, समाज, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्