‘जनता साहित्यिक मञ्च’ गौरीडाँडाको दोस्रो साहित्य शृङ्खला सम्पन्न
मिति २०८१ साल असोज १८ गते शुक्रबार जनता साहित्यिक मञ्च गौरीडाँडाको दोस्रो शृङ्खला यस
मञ्चका अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस मञ्चका उपाध्यक्ष राजेश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति अतिथि लगायत सम्पूर्णलाई कोषाध्यक्ष नम्रता ठाकुरले शब्दद्वारा स्वागत गरेकी थिइन् । उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरुमा दिनेश पौडेल, सौरभ शर्मा, रामचन्द्र पौडेल र सहायक प्रधानाध्यापक सरिता कार्कीले मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा विभित्र लयका कविता, मुक्तक र कोपिला वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरुमा अंकित यादव, रितिका थापा, प्राची सुवेदी, रितिशा अर्याल, विद्या साह, केसर मगर, श्रवण मण्डल, राजन पौडेल, सुप्रिया बस्नेत, सौरभ शर्मा र रामचन्द्र पौडेलले वाचन गरेका थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष सुप्रिया बस्नेतले सहभागी अतिथि लगायत सम्पूर्णमा हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रम जनता मा वि गौरीडाँडा बर्दिबास -३ महोत्तरीको सभाहलमा सम्पन्न भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्