बर्दिबास साहित्यको नयाँ अङ्क सम्पन्न
यही मिति २०८१ साल असोज ५ गते शनिबारको दिन यस प्रतिष्ठानको ६२ औं शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले सञ्चालन गरेकोे उक्त कार्यक्रम सफलताको शुभकामना दिने अतिथि स्रष्टाहरूमा साहित्य संवर्दन केन्द्र महोत्तरी सदस्य प्रविणा पल्लवी, प्रलेस मधेश नेपालका कोषाध्यक्ष तथा मगही भाषा अभियान्ता फुलगेन मगही, बुढ्यौली साहित्य समाज महोत्तरी सचिव नारद प्र.काफ्ले, लेखनाथ स्मृति सदन महोत्तरी उपाध्यक्ष दिनेश गरिब पौडेल, साहित्य प्रेमी नारायण खड्का, जनसांस्कृतिक महासङ्घ केन्द्रीय सदस्य विमला विक, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दहाल, बर्दिबास नेवा सेवा समाजका अध्यक्ष धन नारायण श्रेष्ठ र बृहत साहित्य समाज मधेश प्रदेश संयोजक तथा प्रलेस मधेश प्रदेश अध्यक्ष नारायण घिमिरेले मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका गीत, गजल, मुक्तक, कविता वाचन गरिएका थिए । रचना वाचन गर्ने स्रष्टाहरूमा राजन पौडेल, विपिन विक, सागर आले, प्रतिमा पौडेल, प्रविणा पल्लवी, फुलगेन मगही, राजु लामा, सुम्निमा भण्डारी ,विवेक न्यौपाने ,नारायण खड्का ,बन्चरो ,नारायणराज दहाल, दिनेश गरिब, विपिराज दहाल,धन नारायण श्रेष्ठ ,नारायण घिमिरे र विपुल विद्रोहीले वाचन गरेका थिए । साथै कार्यक्रममा प्रविण पौडेल ,पर्वत पौडेल ,आलोक महतो, प्रनिशा ढुङ्गेल, विनिसा वराल, रसिक पौडेल ,अन्सु श्रेष्ठ ,सुनिक्षा खड्का ,दिव्या भारती ,जीवनराज दाहाल, ईश्वर काफ्ले, यशोदा श्रेष्ठ, सुशान्त खड्का, सरस्वती खड्का, प्रसंशा वाग्लेसमेतको उपस्थिति थियोे ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६२ औं शृङ्खलामा उपस्थिति हुनु भएका अतिथि लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरि कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम श्री देउराली मावि बर्दिबास -१,को सभाहलमा भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्