बर्दिवासको जनता मावि गौरीडाँडामा पहिलो साहित्य शृङ्खला सम्पन्न
यही मिति २०८१ साल भदौ २८गते शुक्रबार जनता साहित्यिक मञ्चको पहिलो शृङ्खला यस मञ्चका अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षता तथा प्रधानाध्यापक रामसकल महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सो कार्यक्रमको सञ्चालन यस मञ्चकी सचिव ममता खड्काले गरेकी थिइन् भने सदस्य राजेश सिंहले प्रमुख अतिथि लगायत सम्पूर्णलाई शब्दद्वारा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका कविता, गीत, गजल र कोपिला वाचन गरिएका थिए । वाचन गर्नेहरूमा श्रवण सिंह, राजेश भण्डारी, राजेश सिंह, सजिना सिंह, सुरज विक, रेनुका आले, ममता खड्का, सुप्रिया बस्नेत र विपुुल विद्रोही थिए ।

उक्त कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिने अतिथिहरूमा रामचन्द्र पौडेल, सहायक प्रअ सरिता कार्की, महेश ढुङ्गाना र प्रअ रामसकल महतोले शुभकामना दिएका थिए ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्