बर्दिवासमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशमा नयाँ कार्य समिति चयन
यही भाद्र २७ गते बिहिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशको जिल्ला तदर्थ नयाँ कार्य समितिको गठन गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य, कृष्ण प्र. गौतम, विशिष्ट अतिथिको रुपमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, त्यस्तै अतिथिहरूमा प्रगतिशील लेखक संघ मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरे, मिथिला साहित्य प्रतिष्ठानको अध्यक्ष बिपिराज दाहाल, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष रेवन्त कार्की ‘सुदीप’को उपस्थितिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेश प्रदेश तदर्थ समितिका संयोजक रुद्रसेन विश्वकर्माको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

उपस्थित सबैको मुखारबिन्दुबाट राष्ट्रिय गान गाएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेशको जिल्ला तदर्थ समिति गठन कार्यक्रमको सुरु भएको थियो ।

मधेश प्रदेशकी सदस्य शर्मिला रमौलीद्वारा स्वागत मन्तव्य गर्दै महोत्तरी जिल्ला तदर्थ समिति र धनुषा जिल्ला तदर्थ समिति गठन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि गणहरू सबैको तर्फबाट मन्तव्य र शुभकामना व्यक्त गरिएको थियो ।
लोक गायक बेल बहादुर परियारको संयोजकमा महोत्तरी जिल्ला तदर्स समिती
अध्यक्ष ~ बेल बहादुर परियार
वरिष्ठ उपाध्यक्ष ~ नवीन कोइराला
उपाध्यक्ष ~ जीवनराज दाहाल
सचिव ~ रमेश खत्री
सहसचिव ~ स्नेहा चौधरी
आर्थिक संयोजक ~ उमा बराल
सदस्य ~ विनोद खड्का, जिवनाथ पोखरेल, अजिता चौधरी, रामचन्द्र चौधरी, पवित्र पोखरेल, रामु माया श्रेष्ठ, अनिल दाहाल, लक्ष्मी अधिकारी, झोकीलाल महतो, राधा न्यौपाने सहित पछि सदस्य थप गरी २१ जना पुर्याउने गरी १७ जनाको महोत्तरी जिल्ला तदर्थ समिति
र

मैथिली लोक गायक संजय यादवको संयोजकमा धनुषा जिल्ला तदर्थ समिति
अध्यक्ष ~ संजय यादव
वरिष्ठ उपाध्यक्ष ~ रन्जित शर्मा
उपाध्यक्ष ~ फुलगेन मगही
सचिव ~ अनामिका मण्डल(अम्बिका)
कोषाध्यक्ष ~ मनिता दाहाल (मनकुमारी )
सदस्य ~ राजु थापा, शशी झा, रितेश कुमार शाह, शारदा दाहाल, सविता पोखरेल, मदन महत्त्वपूर्ण, निरज परियार, अन्जन विश्वकर्मा, टिना लामा, विजय दास सहित पछि सदस्य थप गरी २१ जना पुर्याउने गरी १५ जनाको धनुषा जिल्ला तदर्थ समिति गठन सम्पन्न भएको थियो ।
बर्दिवासको गौतम होटलमा सम्पन्न भएको उक्त कार्यक्रमलाई विनोद ढुङ्गेलले सञ्चालन गरेका थिए ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्