बर्दिवासमा साहित्य र सङ्गीतको वर्षा हुने
बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६१ औं अङ्क विशेष सम्पन्न हुने साहित्यिक तथा साङ्गीतिक कार्यक्रम यही मिति २०८१ साल भदौ ८ गते शनिबार बिहान ११ बजे महोत्तरीको बर्दिवास चोकमा रहेको दिव्य भवनमा हुँदै छ । उक्त कार्यक्रममा बर्दिवासकी बुहारी कविता दाहालको शब्द रचनामा चर्चित भारतीय गायिका (भजनकी रानी) अनुराधा पौडवालको स्वर तथा चर्चित सङ्गीतकार शिखर सन्तोषको सङ्गीतमा तयार भएको गीति भजनको भिडियो लोकार्पण हुने भएको छ ।

लोकार्पण पश्चात् साहित्य र सङ्गीतको प्रस्तुति रहने उक्त कार्यक्रम डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ । बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानले सम्पूर्ण साहित्य अनुरागीहरूलाई यसै समाचार मार्फत निमन्त्रणा गरेको छ ।

बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न हुन लागेको ‘भजन लोकार्पण तथा साहित्य सङ्गीत कार्यक्रम’लाई सफलताको शुभकामना व्यक्त गर्दछौं, साझापाना डटकम परिवार ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्