झोकिलालको एक झोक गीतमार्फत
एक मध्यम वर्गीय परिवारबाट संघर्ष गर्दै मैथिली भाषाका प्रायः गीत गाएर अगाडि बढ्दै आएका झोकिलाल महतो बर्दिवास महोत्तरीका स्थानीय गायक हुन् ।
कहिले मायाप्रिती, कहिले होली त कहिले मठ मन्दिरको गीत गाउने झोकिलालले भर्खरैमात्र राजकरण महतोको शब्द ओम शङ्करको सङ्गीतमा ‘जल भइर टुटेशवर जेबै यौ’ नामक भोजपुरी गीत बजारमा ल्याएका छन् ।
म्युजक भिडियो समेत बनेको उक्त गीतको छायाङ्कन दीपकराजले गरेका हुन् भने गीतमा झोकिलाललाई आरतिले मोड्लिङमा साथ दिएकी छिन् । सुपर मिथिला स्टुडियोबाट इडिटिङ मिक्सिङ भएको यस गीतमा कृष्णको आर्टवर्क डिजाइन देख्न पाइन्छ ।

”बर्दिबास नगरपालिका भित्र भएका मठ मन्दिरलाई विषय बनाएर गीतको माध्यमबाट प्रचारप्रसारगरी आफ्नो संस्कृतिलाई जगेर्ना गर्न मन छ ।” झोकिलालले एक अन्तर्वार्तामा भने ।
श्रावण महिनालाई लक्षित गर्दै बजारमा ल्याएका ‘जल भइर टुटेशवर जेबै यौ’ गीतलाई दर्शक श्रोताले Singh Entertainment युट्युब च्यानल मार्फत अडियो भिडियो दुबै हेर्न र सुन्न सक्नुहुनेछ ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्