‘छ माया छपक्कै’को रिलिज डेट असोज २४ मा
काठमाडौं – नेपाली कथानक चलचित्रचलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । यसअघि दसैं अगाडि अथवा पछाडि रिलिज गर्ने भन्नेमा अन्योल रहेको थियो । बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ ।
लोक शैलीमा रोमान्टिक तरिकाले तयार पारिएको गीतमा मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङ लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायत कलाकार मुख्य भूमिकामा छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छ माया छपक्कै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्