प्रबिन्स् मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक
काठमाडौं । तामाङ चलचित्रक्षेत्रमा आफ्नो प्रभावशालि स्थान बनाउन सफल प्रबिन्स् मोक्तानले गीत संगीत क्षेत्रमा समेत चर्चा कमाउन थालेका छन् ।
करिब १ दर्जन गीतमा आवाज दिईसकेका मोक्तानको “मैच्याङको बोलि क्या राम्रो”बोलको गीतको अडियो सार्वजानिक भएको छ ।
काठमाडौं पहेंलोपुल(भत्केकोपुल) स्थित वर्गर हाउसमा एक समारोह बिच गीतको बिमोचन गरिएको हो ।
आदिबासी जनजाती महासंघ युएई तथा तामाङ समाज युएईका पुर्व अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम यसै गीतका संगीतकार जि.बि.लामाले सन्चालन गरेका थिए ।
पुर्वेली अर्जुनको शब्द ,जि.बि.लामाको संगीत रहेको यो गीतमा गायक प्रबिन्स् मोक्तान र गायीका सुमिना लो ले स्वर दिएका छन् ।
शुक्र लामाको एरेन्ज रहेको यो गीत दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने ल्हासो म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।
यो गीत बिशुद्ध मनोरन्जनको लागि बनाईएकोले श्रोताहरुले यसलाई मन पराए चाँडै भिडियो सहित आउने तयारी रहेको गायक प्रबिन्स् मोक्तानले जानकारी गराएका छन् ।
आम श्रोताहरुले यो गीत प्रबिन्स् मोक्तान अफिसियल युटुब च्यानलमा सुन्न सक्नुहुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्