साहित्यतर्फ अघि बढ्दै बर्दिवास
यही मिति :२०८१ साल जेष्ठ ५ गते शनिबारका दिन बर्दिवास साहित्यिक -सांस्कृतिक प्रतिष्ठानको ५८ औं शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
प्रतिष्ठानको नव प्रतिभा प्रतिमा पौडेलले सञ्चालन गरेको सो शृङ्खलामा आफ्नो र संस्थाको तर्फबाट शुभकामना मन्तव्य दिने अतिथिहरूमा अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य तथा बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद प्रसाद काफ्ले, यस प्रतिष्ठानका सल्लाहकार मदन प्रभात, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेश अध्यक्ष तथा वृहत् साहित्य सञ्जाल मधेस प्रदेश संयोजक नारायण घिमिरे तथा अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिवालय सदस्य एवम् साहित्य संवर्द्धन केन्द्र महोत्तरी अध्यक्ष भिमकुमार राउत थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका कविता, मुक्तक, गजल र कोपिला वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा विपिन विक, रसिक पौडेल, नारद काफ्ले, पवन वाग्ले, प्रतिमा पौडेल, भिम कुमार राउत, अग्नि कवच, मदन प्रभात, नारायण घिमिरे र विपुल विद्रोही थिए भने कार्यक्रममा मनिषा उराउ, प्रनिशा ढुङ्गेल, शुशिका खड्का, अंशु श्रेष्ठ, विनिसा वराल, दिव्या भारती, विदुषी अर्याल र विधान अर्याल लगायतको उपस्थिति थियोे ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले यस प्रतिष्ठानको ५८ पाइलामा सहभागी हुने अतिथि, साहित्य अनुरागी सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए ।हाम्रो अभियानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मन, वचन र कर्मले साथ सहयोग गर्ने साहित्य अनुुरागी, वुद्धिजीवी, समाजसेवी सबैबाट सदा साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम श्री देउराली मा वि बर्दिवास -१ को सभाहलमा भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्