कलाकी पारखी कविता
हाल महोत्तरीको बर्दिवास १ मा बस्दै आएकी कविता दाहालको पिता विष्णुप्रसाद दाहाल र माता अनितादेवी दाहालको सन्तानको रुपमा लेखानी ५ उदयपुरमा जन्म भएको थियो । सानैदेखि जिज्ञासु स्वभावकी कविता हाल भान्सा सुधार अभियान नेपालकी अध्यक्ष हुन् । आफ्नो शब्दमा आधा दर्जन गीत रेकर्ड गराएकी कविताले आफ्नो पहिलो कृति ‘स्मृतिभित्र सासू र भान्सा’ नामक पुस्तक केही समय अघिमात्र बजारमा ल्याएकी थिइन् । नव लेखिका कविता दाहालको संस्मरणात्मक लेख ‘स्मृतिभित्र सासू र भान्सा’ नामक पुस्तकको केही अंश हामीले पाठकहरू समक्ष राखेका छौँ ।

…… त्यसमध्ये एक ठाउँमा निकै रोचक र मननयोग्य कुरा लेखिएको पाएँ । देशभरि हरेरामको प्रचार गर्दै, धर्मस्तम्भ स्थापना गर्दै, खेतबारीमा काम गरिरहेका मान्छे (किसान)- हरूलाई हात जोड्दै कृपया तपाईंले चलाइरहनुभएको औजार कुटो-कोदालोले माटोमा खन्दा ‘राम राम…’ भनेर चलाइदिनुहोस् । जसले पृथ्वी माता प्रसन्न हुनुहुन्छ । राम राम भनेर कोदालो माटोमा चलाउँदा अन्जानवश काटिने कीराहरू मोक्ष हुन्छन् । बीउ बिजन माटोमा छर्दा राम राम भनेर छर्नुहोस् जुन बीज उर्मिंदा राम राम भनेर उम्रिन्छ र ती बोटबिरुवामा लाग्ने फूल वा अन्न पनि भगवान् श्रीरामप्रति समर्पित भएर फल्दछ । त्यही अन्न वा फल भण्डारन गर्दा राम राम भनेर भण्डारन गर्नुहोस् । त्यसो गर्दा लक्ष्मी र माता सीताको निवास भण्डारमा हुन्छ जसले अनिकाल लाग्दैन । भण्डारबाट अन्न कुटानी पिसानी गर्दा राम राम भन्दै मिलमा लैजानुहोस् वा ढिकी जाँतो गर्नुहोस् । जसले अन्नमा राम नामको ऊर्जा भरिदिन्छ । खाना बनाउँदा भोजन तयार गर्दा राम राम जप्दै पकाउनुहोस वा बनाउनुहोस् । त्यस्तो भोजन रामनामको अमृतले भरिन्छ अनि भोजन गर्दा रामको नाम लिँदै भोजन गर्नुहोस् । जो महाप्रसाद बन्दछ ।
यस्तो दैनिकीबाट शरीर, मन, बुद्धि, विवेक, स्वच्छ हुन्छ । भोजन स्वस्थकर हुन्छ । यस्तो खाना खाएर मान्छेको शरीरमा जम्मा भएको वीर्यबाट जन्मिने सन्तान ओजस्वी, ज्ञानी, विद्वान् र चिरन्जीवी हुन्छन् । यस्ता सन्तान देशले, भगवान्ले, जनताले धेरै रुचाउने स्वभावका हुन्छन् ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्