मनमैजु युवा समुहद्धारा भोली मनमैजु मन्दीर परिसरमा भव्य कन्सर्ट हुँदै
तारकेश्वर काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु मन्दीर परिसरमा भोली हत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुने भएको छ । मनमैजु युवा समुहको आयोजनामा ११ औं बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रममा प्रवेश निशुल्क रहेको अध्यक्ष हिरा महर्जनले बताउनुभयो ।
मनमैजु जात्राको अवसरमा हुन गइरहेको सांस्कृतिक तथा कन्सर्ट कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मनमैजु युवा समुहका अध्यक्ष हिरा महर्जनले बताउनुभयो । मनमैजु मन्दीर परिसरमा हुन गइरहेको कन्सर्ट कार्यक्रममा प्रवेश निशुल्क रहेको अध्यक्ष महर्जनले बताउनुभयो ।
कन्सर्टमा विशेष प्रस्तुती अनुप रास्थाको रहने छ भने संघर्ष व्याण्ड र द आस्तत्र व्याण्डको विशेष प्रस्तुती हुने अध्यक्ष महर्जनले बताउनुभयो । कार्यक्रममा निस्मा देशराज, रोजमान महर्जन, नेवारी र्यापर मिनुस लगायत दर्जनौं कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रमको होस्ट वालकलाकारद्धय कृष्मा महर्जन र सुसान्की महर्जन सहित सुनिल महर्जन रहेका छन् ।
कन्सर्ट कार्यक्रमलाई तारकेश्वर नगरपालिका तथा वडा न ९ र १० सहित बिभिन्न संघ, संस्था र दाताहरुको सहयोग रहेको आयोजकहरुले बताएका छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको तथा उपप्रमुख सृजना बुलाकोटी लगायत नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, सामाजिक अभियन्ताहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतलाई आमन्त्रण गरिएको समुहका अध्यक्ष महर्जनले बताउनुभयो ।
कार्यक्रममा यस पटक तारकेश्वरका बिभिन्न विद्यालयका वालबालिकाहरुको समेत प्रस्तुती रहने छ । कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनका निम्ती मनमैजु युवा समुहले सबैलाई अनुरोध समेत गरेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #hot, #मनमैजु युवा समुह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्