सङ्गीत उत्पादक समाज नेपालको चौथो बार्षिक साधारण सभा
पुकार तिमलसिना
काठमाडौ ।सङ्गीत उत्पादक समाज नेपालको चौथो बार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको छ ।
साधारण सभाले संस्थाको विधानमा केही महत्वपूर्ण संशोधन प्रस्तावहरु पारित गर्दे संस्थाको नाम समेत परिवर्तन गर्ने सर्बसम्मतीबाट निर्णय समेत गरेको छ ।
सङ्गीत तथा चलचित्र उत्पादक समाजको नाम बाट आगामी दिनहरुमा संस्थाका गतिविधिहरु संचालन हुनेछ ।

चलचित्र निर्माताहरु पनि यस समाजमा आवद्ध भईसकेका र चलचित्र निर्माता सङ्घको सिफारिसमा सो क्षेत्रको प्रतिनिधित्व हुनेगरी चलचित्र निर्माता छविराज ओझालाई कार्यसमिति सदस्यमा मनोनित गरिएको थियो ।
साधारण सभा समाजका अध्यक्ष निर्मलराज ढकालको सभापतित्व एवं सभासद खेम नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सभासद नेपाली संसदमा रोयल्टीका बारेमा आवाज उठाउने एक मात्र सामसद हुन ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले काम गर्ने सिलसिलामा सानातिना बिरोध बाधा आउनु स्वाभाविक भएको धारणा राख्दै सबै एक हुनुको विकल्प नरहेको बताए
सो समारोहमा सभासद खेम नेपालीले बौद्धिक सम्पति र रोयल्टीको बारेमा जस जसलाई कुरा बुझाउनुपर्ने हो, सो अझै पर्याप्त नभएकोले समस्या ज्युँका त्युँ रहेको धारणा राखेका थिए । सङ्गीत क्षेत्रलाई व्यवस्थित गर्ने हो भने ५० प्रतिशत बेरोजगारी समस्या हल हुने विचार समेत सभासद नेपालीले व्यक्त गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सङ्गीत उत्पादक समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्