राजशान्तिको प्रस्तुति ‘सुन्दरबजार कटेसी कुन्छा’ गीत सार्वजनिक
१ कात्तिक, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका ९ फुलबारी भोटेओडार घर भई बेलायत निवासी राजकुमार सुनार र शान्ति सुनारको प्रस्तुति ‘सुन्दरबजार कटेसी कुन्छा’ गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो असोज ३० गते मंगलबार बिबेक धिताल नाम युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतमा शब्द, संगीत बिबेक धितालको छ । एरेन्ज बि.बि. अनुरागी, रेकर्डिष्ट कमल थापा, गोबिन्द अनेक छन् ।
गीतमा बिबेक धिताल र रेजिना परियारको स्वर छ । कोरियोग्राफी, भिडियो निर्देशन उमेश गुरुङको, छायांकन शम्भु चालिसे, श्रृंगार राजकुमार गुरुङ, सम्पादन रोशन धितालको छ । श्रृष्टी सुनार, साईमन राना, सजिता सुनार, रुपेशराज सुनारको व्यवस्थापन रेहको म्युजिक भिडियोमा आनन्द गुरुङ, उत्साह घिमिरे, अनुस्का भण्डारी र साथीहरुको अभिनय रहेको छ ।
दृश्य निर्माण क्वालिटी फिल्मस् नेपालले गरेको निर्माता राजकुमार सुनारले बताए । उक्त म्युजिक भिडियो लमजुङमा छायांकन गरिएको छ । ड्रोनबाट भिडियो लिएको उनले बताए । लमजुङको प्रचारप्रसार गर्नका लागि भिडियो निर्माण गरिएको निर्माण युनिटले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्