मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को उपाधि अभिषेक बानिया र युष्णा दृष्टि मगरलाई
काठमाण्डौं । मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को उपाधि अभिषेक बाँनिया र युष्णा दृष्टि मगरले जितेका छन् । एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को मिस्टर र मिस क्याटेगोरीमा बाँनिया र मगरले शिर्ष उपाधी हात पार्दा बिराज परियल र सलिना तामाङ फर्स्ट रनर अप, लक्षु श्रेष्ठ र झरना अधिकारी सेकेण्ड रनर अप बन्न सफल भए ।
प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडर तर्फ पासाङ शेर्पा र रिकिशा खड्का विजयी रहदा आयोजक छनोटतर्फ बिशाल तामाङ र अर्जिशा थापा उत्कृष्ट बने । जसमा अन्जिला महर्जनले व्युटि बिथ ब्रेनको उपाधि जित्न सफल रहिन ।
प्रतियोगिताका शिर्ष टाईटल विजेताहरुले अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबर र एआईटिममा अध्ययन छात्रवृत्ति प्राप्त गर्ने आयोजक संस्थाका प्रमुख रोविन श्रेष्ठले जानकारी दिए ।
त्यस्तै उनका अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटि स्कूल अफ ब्यूटिसियनबाट ७५ सय को एक हप्ते कपाल र छाला मास्टर क्लास, माईलस्टोन डान्स स्टुडियोमा निशुल्क डान्स क्लास र नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्