इन्द्रजात्राका कारण आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन निषेध
काठमाडौँ । येँयाः (इन्द्रजात्रा)को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।
यसैगरी भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा पनि सवारी निषेध गरिएको जनाइएको छ ।
महानगरले काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन र त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पु¥याउनसमेत सबैमा आग्रह गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्