लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न
नेपालमै पहिलो पटक आयोजना गरिएको किड्स र टिन उमेर समूहका सहभागिहरुमा केन्दि«त प्रतिभा र व्यक्तित्वका विविध आयामहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल टुरिजम एम्बेसडरको पहिलो संस्करण भव्यता पूर्वक सम्पन्न भएको छ । फेसन ईराको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा नेपाल, फिलिपिन्स, जाम्बिया र बोत्स्वानाका सहभागिहरुवीच प्रतिस्पर्धा भएको थियो ।
्सहभागिहरुको उमेर अनुसार पाँच समूहमा विभाजन गरिएको सो प्रतियोगितामा समूह ए बाट पुरुष तथा महिला दुवैमा नेपालका सहभागिहरु विजेता चयन भएका थिए । समूह बी अन्तर्गत पुरुष तर्फ नेपालका सहभागि विजेता, फस्ट रनर अपमा जाम्बियाका पुरुष सहभागि र सेकेन्ड रनर अप तर्फ बोत्स्वाना विजेता चयन भएका थिए ।
समूह बी अन्तर्गत महिला तर्फ जाम्बिया विजेता, फस्ट रनर अपमा नेपालकी सहभागि चयन भएकी थिइन् । समूह सीमा पुरुष तर्फ नेपाल विजेता महिला तर्फ जाम्बिया विजेता घोषित भएकी थिइन् । समूह डीमा भने पुरुष तर्फ नेपाल विजेता र महिला तर्फ फिलिपिन्स विजेता भइन् । समूह ई तर्फ महिलार्फ नेपाल र फिलिपिन्स फस्ट रनर अप छनोट भएकी छिन् ।
राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको प्रतियोगिताको निर्णायकका रुपमा म्युजिक भिडियो निर्देशक एवं गायक ससान कँडेल, अभिनेता सलोन बस्नेत, गायकद्वय सन्तोष सुनार र नरेश बढाथोकी तथा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रिया रानी लामा रहेका थिए ।कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य माननीय राजीव गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्