डा अच्युत शर्मा र रविन शर्माको गीत “आमा” सार्वजनिक
महाकवि देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री…’ गाएर सर्वाधिक लोकप्रियता कमाएका वरिष्ठ गायक रविन शर्माले म्युजिक नेपालको च्यानल मार्फत डा अच्युत शर्माको शव्द रचनामा “आमा” गीत लिएर सांगीतिक वजारमा पुनरागमन गरेका छन। यस गीतमा सुगम संगीतका लोकप्रिय संगीतकार राजु सिंहको संगीत रहेको छ। गीतमा फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।
बिहिबार सार्वजनिक गरिएको गीतमा रविन शर्मा स्वयम् लाइ फिचरिङ्ग गरिएको छ। राजन भुजेलले निर्देशन गरेको भिडियोले गीतको भावलाई सरल तरिकाले उतारेको छ।
सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका गीतकार प्राडा अच्युत शर्मा मन्दिर र मुर्तिमा भन्दा पनि मानव कल्याण र दीन दुखीको सेवामा ठूलो धर्म देख्छन । पशुपति नाथ मन्दिर नजिकै वृद्धाश्रम पुगेपछि देखिएको दृष्य र तिनले मनमा छोए पछि उव्जेका भावनालाई ‘आमा” गीत मार्फत अभिव्यक्त गरेको बताउञ्छन गीतकार शर्मा। यस गीत मार्फत डा शर्माले आमाको महिमा गान गर्दै सन्तानलाइ दायित्व वोध गराउने प्रयास गरेका छन्।
संचार कर्मीको समेत पहिचान बनाएका रविन शर्मा गीतको संख्यामा भन्दा पनि गीतको भाव र गम्भीरतामा महत्व दिने गायकको रुपमा चिनिन्छन। मनको भित्री तहसम्म छुने शव्दहरूमा आफ्नो स्वराङ्कन गरी सम्पूर्ण आमाहरूप्रति गीत मार्फत सम्मान व्यक्त गर्न पाएकोमा आफू गौरवान्वित भएको बताउंदै यो गीतमार्फत लामो समय पछि सांगीतिक दुनियामा आफ्नो ‘कम व्याक’ भएको सुनाउञ्छन।
गीत सार्वजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाहरूबाट आफूहरू उत्साहित भएको बताउञ्छन गीतकार तथा गायक शर्मा द्वय ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #आमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्