दीपक-दिपाले १० करोड लगानी गरेर खोले सिनेमा हल
काठमाडौँ । निर्देशक तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन् ।
१० करोड लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको हो ।
शुक्रबार बिहान उद्योग वाणिज्य महासंघका चन्द्र ढकाल लगायत वरिष्ठ कलाकारहरुको उपस्थितिमा हलको उद्घाटन गरिएको हो । कार्यक्रममा अध्यक्ष ढकालले अभिनयमा रमाइरहेका व्यक्तिले हल सञ्चालन गर्नु निकै राम्रो कार्य भएको बताए ।
यस्तै, दीपकराज गिरीले आफूले सञ्चालनमा ल्याएको हलमा आजैबाट निर्माता र हल व्यवसायको शेयर बाँडफाँड ५०–५० प्रतिशत गर्ने बताए । अन्य हलले ४० प्रतिशत सेयर दिँदै आएकामा उनले पचास प्रतिशत निर्मातालाई दिने बताएका हुन् । उनले भने,’ यो हाम्रो पहिलो व्यवसाय हो । आफूले जानेको कुरामै लगानी गरौं भनेर हल खोलेका हौं । शो बाँडफाँडमा हामीले हस्तक्षेप गर्न त मिल्दैन । तर चलिरहेको नेपाली फिल्मलाई हटाउँदैनौ ।’
शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो । ४ सय सिट क्षमता रहेको उक्त हलमा दुइटा अडिटोरियम रहेको छ ।
हलमा हलिउड फिल्म ‘द नन २’ र बलिउड फिल्म ‘जवान’ पनि प्रदर्शन भइरहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दीपक-दिपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्