खांदबारीमा लाखे नाच सम्पन्न (फोटोफिचर)
खांदबारी – नागपञ्चमीबाट सुरु भएको नेवार समुदायको लाखे नाच विधिवत रुपमा बिहीबार समापन भएको छ ।

हिजो खांदबारीमा लाखे नाचको अन्तिम दिनमा नेवा देय दबुले लाखे नाचको र नेवा संस्कृति जगेर्ना गर्ने उद्देश्यले खांदबारी नगरपालिका भित्रका लाखे समुहहरुको लाखे नाच प्रतियोगिता समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न जात जातिका नाचहरु पनि प्रदर्शन गरिएको थियो ।

कृष्ण र कंशको नाच देखाएपछि बिहीबारबाट एक वर्षका लागि लाखे नाच विधिवत रुपमा समापन हुन्छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशका रुपमा लाखेलाई मारेपछि लाखे नाच सकिने गर्दछ।

नागको पूजा गरेपछि नेवार समुदायले कृष्णअष्टमीको भोलीपल्टसम्म हरेक दिन बजार परिक्रम गर्दै लाखे नाच देखाउँछन् । लाखे नाचको अन्तिम दिन सदरमुकाम खाँदबारी र चैनपुरमा देखाईने कृष्ण लीला हेर्नेको भीड लाग्ने गर्दछ ।



क्याटेगोरी : पर्यटन, फोटो फिचर, मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #hot, #खादबारी, #खाँदबारी नगरपालिका, #खांदबारी युथ क्लब संखुवासभा, #नेवारी संस्कृति, #फोटो स्टेसन खाँदबारी, #लाखे नाच, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्