जादुगर कमल बस्नेत आफ्नो जादुकलाले देश बिदेशमा चर्चित हुँदै
नेपाली युवा जादुगर कमल बस्नेत जादुलाई मनोरञ्जनको रुपमा स्थापित गर्न लागि परेका छन् । २०४० सालमा खोटाङको दिक्तेलमा जन्मेका कमल बस्नेतले बिगत २० वर्ष अघि देखी नै स्कुल, जन्मदिन, पार्टी लगाएत विभिन्न स्टेजहरुमा जादु प्रस्तुत गर्दै आएका छन् । जादुकला टुनामुना नभई नितान्त हातको सफाईबाट देखाउने मनोरञ्जनको खेल रहेको बताउने जादुगर बस्नेतले दुईसय पचास भन्दा बढि रमाईला स्टेजमा जादु देखाईसकेका छन् । बस्नेत यती बेला भने नेपाली जादुगरहरु मध्ये अहिलेका निकै व्यस्त जादुगर भित्र पदर्छन्।
जादु सिक्नको लागि मधेशिहरुको पोको पन्तरको बोकेर १४ अन्चल ७५ जिल्ला पुगे तर महिले त्यो बापत अरु केही पाईन भन्दै उनले गुनासो पोखे । मात्रै पाए यो कला आगोबाट परेवा निकाल्ने, रुमालबाट जादुको छडी बनाउने , टाउकोमा आगो बालेर चिया पकाउने , आँखा पट्टी बाधेर खुल्ला रोडमा मोटरसाईकल चलाउने , मान्छे बाक्समा हालेर तीन टुक्रा बनाउने र कागजबाट पैसा बनाउने जस्ता निकै अरुले भन्दा फरक र रोमाञ्च र रहस्यमय जादुहरु । कमलका जादुहरु दर्शकहरुले धेरै रुचाईएको जादुमा पर्दछ।
करिब २०५९ सालमा कमल हुमागाई र बिदेशी जादुगर सँग जादुकला सिकेपछि आफुलाई जादुगरको रुपमा चिनाए। जादुगर कमल बस्नेतले यति खेर मेला महोत्सव सभासमारोह तथा विभिन्न स्कुलहरुमा जादु देखाउने गर्छन्। कमलले आफ्नु कला जादु देखाउन काठमाडौ लगाईत नेपालका धेरै ठाउँमा पुगेर आफ्नु कला देखाई सकेको छन् । उनिले एउटै स्टेजमा २५ देखि ३० वटा जादु आईटमहरु देखाएर दर्शकहरु मन जित्ने सफल भएका छन् । भने आफ्नु जादु प्रस्तुतिको लागि चाडै बिदेश पनि जाने तयारिमा छन, अरु जादुगरहरुले आफुलाई जादुगर बताएता पनि एउटै स्टेजमा तीन चार वटा मात्रै आईटम देखाए डान्स कमेडि गर्ने गरेका छन भने बस्नेतको चाहिँ भने पुरै जादु मात्रै रहने भएकाले एति बेला स्टेज तिर कायक्रमहरुको लागि निकै माग बढेको छ ।
आयोजकहरुले एक पटक उनी पुगेको स्टेजमा पटक पटक उनलाई बोलाउने गरेको पाईन्छ, जस्को जादु देखेर अचम्म नपर्ने व्यक्ति सायद कमै होलान् हाम्रो देश नेपालमा पनि जादुगरहरु छन भनेर विश्व सामु चिनाउन पाउँदा कमलको अनुहारमा खुशि देखिन्छ । जादु सिक्ने समयमा भने आफुले परिवार र आफन्तजनबाट खासै साथ र सहयोग भने नपाएको बस्नेतले बताउछन् । निभाना कला केन्द्र गोल्कोपाखामा श्रीमतराज उपाध्याय सँग नृत्य सिकेका उनी पछि डान्सबाट कलाकार क्षेत्रमा प्रबेश गरेका बस्नेतले भारतका चचित जादुगरहरु संम्राट शंकरसँग समेत एक बर्ष भारत मै बसेर जादु सिकेका हुन । उनी सडक पेटिमा जांदु देखाउने मान्छेको फोक्सो निकाल्ने, मान्छेको जिब्रो काटेर फेरि जोडने, कालो कपडाले छोपेर मान्छेलाई ६ फिट माथि हावा उडाउने जस्ता जादु देखाउन उनि निकै खप्पिस छन । कमलको भनाई अनुसार जादु धेरै महँगो कला पर्ने हामिलाई जानकारी दिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #कमल बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्