कोशीमा माछा मार्ने परिवारको कथा बोकेको द स्पोन्सर
देवेन्द्र अर्याल ‘आँसु’
भुईमान्छेको कथाव्यथा समेटिएको द स्पोन्सर निफ महोत्सवमा प्रदर्शन भएको छ । जसमा कोशीका किनारमा माछा मारेर जीवन गुजारा गर्ने गरिबीले आक्रान्त एउटा गुड्डी समुदायको कथा जीवन्त रुपमा उतारेका छन प्रणय लिम्बूले ।
यस कथाको मुख्य पात्र ९ वर्षकी कौशिकीको हो । जो अनाथ छे, ऊ आफ्नी हजुरआमा र काकाको सहारामा सप्तकोशी नदीको किनार निर्जन संसारमा जीवन बिताउन बाध्य भएकी छे । उनीहरुको परिवार नदीको माछा माथि निर्भर छ ।
चरम गरिबीले बास गरेको कौशिकीको संसारमा एकदिन एउटा गैरसरकारी संस्थाका प्रतिनिधि विकास पात्रको प्रवेश हुन्छ । गैरसरकारी संस्थाका प्रतिनिधि विकासका कारण बालिकाको जीवन र पारिवारिक सम्बन्धमा केही परिवर्तन, सोच र एकअर्थमा उथलपुथल नै ल्याइदिन्छ । यी गैरसहकारीका प्रतिनिधि कौशिकी लाई अमेरिकी स्पोन्सरले पठाएका चिठ्ठी र उपहारहरू ल्याइदिन्छन् र उनका सन्देश सुनाउने बाहक हुन्छन् ।
एकदिन आफू कौशिकीलाई भेट्ने पत्र पठाएका स्पोन्सरको अचानक हृदयाघातबाट निधन हुन्छ । स्पोन्सरको मृत्युपछि विकासमा देखिएको मानसिक तनाबले उनीहरुको सुन्दर घरसंसारलाई समेत प्रभाव पार्दै लगेको हुन्छ ।
द स्पोन्सर कौशिकीको पितातुल्य अमेरिकी स्पोन्सर सँग भेटने उत्कट चाहनाको अभिव्यक्ति हो, जसले उनलाई यो अभाव र गरिबीको संसारबाट मुक्त गरेर अमेरिका लैजाने वाचा गरेको हुन्छ । तर, गहिराइमा भने यस चलचित्रमा सहयोगका नाममा गरिबको भावना र त्यहाँको सामाजिक भाष्यमाथि खेलबाड गरिएको मात्र छैन जसमा गरिबी र जोखिममा रहेका कौशिकी जस्ताहरू लाई ‘प्याट्रोनाइज (संरक्षण)’ गर्ने गैर सरकारी संस्था र शहरी मध्यमवर्गीय सोच माथि चोटिलो व्यङ्ग्य प्रकार पनि गरिएको छ ।
चलचित्रको छायांकन जाडो, सुख्खा र वर्षा तिनै मौसममा गरिएको छ भने यस चलचित्रको पृष्ठभूमिमा सप्तकोशी नदी रहेको छ । विषयवस्तु छनौटमा मौलिकता, कथा वाचन र दृष्य भाषाको प्रस्तुतीमा नवीनता एवम् छायांकनमा मोलिएका जोखिम पक्कै पनि सह्रानीय छन् ।

कथा नदीतटमा माछा मारेर जीवन गुजारा गर्ने गुडी जातिको एउटा बालिकाको मनोविज्ञानलाई चित्रण गरिएको कथा हो । जसमा गैरसरकारी संस्थाका प्रतिनिधिको उदात्त भावना पनि भेट्टिन्छ । के सबै गैरसरकारी संस्थाका प्रतिनिधि विकास जस्तै हुन्छन् त भन्ने प्रश्न पनि यहाँ उठ्न सक्छ ।
कसरी गरिबीका बस्तीमा सहयोगका नाममा सान्ताक्लाज पुगेको छ भन्ने प्रश्न पनि यसले उठाएको छ । सबैभन्दा ठूलो विषय वस्तु त कोशीमा माछा घट्दै जानु रहेको छ ।
यसप्रति कसैको चिन्ता छैन र कसैले चिन्ता लिएको छैन भन्ने प्रश्नलाई परोक्षरुपमा उठाइएको छ । यो विश्वव्यापी संकट कोशीमा पनि व्याप्त रहेको कथामा लेखकले वातावरणीय दृष्टिले प्रस्तुत गरेको नवीन शैली हो ।
कोशी किनारमा आश्रित कौशिकीको परिवारको रुग्ण आर्थिक र सामाजिक अवस्थाका साथै कथामा पर्यावरणीय, सांस्कृतिक आदि पक्षलाई पनि सटिक दृष्टिमा उद्घाटन गर्न कथाकार सफल भएका छन् । ९ वर्षे कौशिकीको अभिनय जीवन्त छ ।
अन्त्यमा विकासका दम्पती नै कौशिकीका संरक्षक बन्छन् र कथानक अन्त्य हुन्छ । विषय वस्तु, प्रस्तुती र प्रयोगका हिसाबले यो नेपाली चलचित्र उद्योगका लागि द स्पोन्सर एउटा पृथक खालको चलचित्र बन्न पुगेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #द स्पोन्सर, #देवेन्द्र अर्याल ‘आँसु’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्