नेशनल डिजाईनर रनवे २०२३ को उपाधी बिप्लव राज नाग नहरलाई
काठमाडौं । फेसन डिजाईनहरुको प्रतिस्पर्धात्मक प्रतियोगिता नेशनल डिजाईनर रनवे २०२३ को उपाधी बिप्लव राज नाग नहरले जितेका छन् । शुक्रबार जमल स्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगितामा फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएर गरेको प्रस्तुतीका आधारमा उनलाई विजेता घोषणा गरिएको हो । नाग नहरले शिर्ष उपाधी हात पार्दा सावित्री देवी राईले फस्र्ट रनर अप र सरला डंगोलले सेकेण्ड रनर अप र बर्षा पन्तले मस्ट पपुलरको
खिताप जित्न सफल रहे ।
उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार। रजनी तुलाधर, शुशिला वन्त, दिपक घिमिरे र आयोजक कम्पनी मोडल सङस नेपालका सिईओ डेभिल सिंह राजपुतले पुरस्कृत गरेका थिए ।
रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगितामा स्वस्ति दंगालले कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्