प्रहरी जवान उत्तम ढकालको “पसिना बेच्न खाडी आउनु रहर होइन आमा”
बिदेशमा रहेका नेपाली पर्ती समर्पित
गरिबीमा ठडिएको झुप्रो त्यो सहर होइन आमा
नेपाल छोडी पसिना बेच्न खाडी आउनु रहर होइन आमा ।।
जताततै मरुभुमी तातो घामले सताउछ आमा
साहुको फोन आउँछ अनि ऋणको बोझले मताउँछ आमा ।।
जिन्दगी त पानी हैन तर पानी सरी बग्यो आमा
भाग्यले त ठग्यो ठग्यो त्यसै माथी म्यानपावले ठग्यो आमा ।।
साहुको ऋण तिर्छु भन्ने आश पनि मन्यो आमा
अफिस भित्र काम भन्थ्यो ताबुक बोक्ने पयो आमा ।।
नेपालीले नेपाल भित्र कहिले रोजगार मिल्छ आमा
घर फर्कि आउँ भने कोरोनाले गाउा सबै सिल छ आमा ।।
गाउँघरलाई नै शुन्य पारी उडी आए आकाशमा आमा
थाहा छैन सिटमा हो कि फर्कन्छु म बाकसमा आमा ।।
लेखक
प्र. ज. उत्तम ढकाल
समाप्त

क्याटेगोरी :
मनोरञ्जन/साहित्य,
समाचार
ट्याग : #"पसिना बेच्न खाडी आउनु रहर होइन आमा", #उत्तम ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्