बालुवाटारमा महेश थापाको ‘मरिचिका’ विमोचन
काठमाडौं । व्यङग्यकार महेश थापाद्वारा लिखित कथा संग्रह मरीचिकाको प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बिच सो पुस्तक विमोचन गरेका हुन् ।
आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।
‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उनले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ‘ प्रधानमन्त्री ओलीले भने’अरु सशक्त अवस्थामा रहेकाहरुले उनको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताएका छन् ।

लेखक थापा शारीरिक रुपमा अशक्त छन् । सामान्य रुपमा चल्ने एक हातको दुई औंलाको सहायताले व्यंगात्मक रुपमा उनले कलम चलाउने गर्दछन् । सामाजिक तथा राजनीतिमा देखिएको विकृति विसंगति विरुद्ध थापाका व्यंगात्मक लेख लोकप्रिय मानिन्छन् ।
कार्यक्रममा प्राज्ञ माया ठकुरी,कवि तथा लेखक डा।सरोज धिताल र कवि तथा लेखक अभय श्रेष्ठले पुस्तकको बारेमा समिक्षा गर्दै लेखक महेस थापालाइ हार्दिक बधाई तथा थप सफलताको लागि शुभकामना पनि व्यक्त गरेका थिए।
यस्तै लेखकीय मन्तब्य लेखकलाई बोल्न कठिनाइ हुनेभएकाले उनको पत्नी निशा शर्माले पढेर सुनाएकी थिइन् । यस अघि लेखक महेस थापाको आत्मकथा अल्पबिराम र व्यंग्यात्मक पुस्तक नमोस्नम बजारमा लोकप्रिय भैसकेको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मरिचिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्