मेरी बास्सैबाट बाहिरिए राजु मास्टर र बल्छी ध्रुबे
काठमाडाैँ . नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । उनीहरुले कार्यक्रममा अभिनय, लेखन र निर्देशन गर्दै आएका थिए ।
उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका हुन् । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाई छ ।
मेरी बास्सैलाई एक दशक अगाडिबाट सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । सुरुमा निकै लोकप्रिय बनेको उक्त श्रृंखलाबाट पछि केदार अलग भए ।
यसैगरी, सामाजिक गतिविधिमा सक्रिय भएपछि धुर्मुसले पनि यसबाट हात झिके । माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धु्र्वेले जिम्मेवारी पाएका थिए ।
‘मिडिया हबसंग विविध कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामीले मेरी बास्सैबाट अलग भएका छौँ। यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ ’, उनीहरुले भनेका छन्, ‘हाम्रा दर्शकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाँडाे भन्दा चाँडाे यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरुमाझ आउने छौँ। र, सधै यस्तै मायाको अपेक्षा गर्नेछौ।’
यता मिडिया हबले भने उनीहरुले छाेडेपछि कार्यक्रम नियमत आउने बताएको छ । कार्यक्रम मंगलबार प्रशारण हुँदै आइरहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मेरी बास्सै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्