चलचित्र ‘दाल भात तरकारी’को प्रदर्शन मिति एक साता पछि सर्यो
चलचित्र ‘दाल भात तरकारी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता पछि सारिएको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको उक्त चलचित्र हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जरस् इन्ड गेम’ रिलिज हुने भएपछि रिलिज मिति पछाडि सरको चर्चा गरिउको छ ।
तर किन सारियो भन्नेबारे आधिकारिक भने केहि भनिएको छैन ।सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रमा अब मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतको अभिनय रहेको छ ।
मह सञ्चारको व्यानरमा निर्माण भएको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्रको सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’लाई युट्युबमा एक करोड भन्दा धेरैले हेरिसकेका छन् । दोस्रो गीत शुक्रबार रिलिज हुदैछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दाल भात तरकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्