किड क्वीन-२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई
काठमाडौं । चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल-२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए ।
भक्तपुर सूर्यविनायककी इप्सा प्रजापति फस्ट रनरअप र कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप घोषित भए । विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ति रेग्मी मिस ट्यालेन्ट फस्ट रनरअप, स्तुति कार्की मिस ट्यालेन्ट सेकेन्ड रनरअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवाक र प्रार्थना बज्राचार्य मिस क्युट घोषित भए ।
कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं पूर्वमिस नेवाः सुनिता डंगोल रहेकी थिइन् । कार्यक्रमको निर्णायकमा समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोललगायत थिए । उपप्रमुख डंगोलले समाजका लागि यसखाले प्रतियोगिता उपयोगी हुने बताइन् । ‘मैले मिस नेवाः नेपालको टाइटल जितेको १० वर्षसम्म लगातार विभिन्न काम गरें । बल्ल आज आएर मलाई विश्वास गरेर उपमेयर बनाइदिनुभएको छ । त्यसैले आफ्ना बालबालिकासँग भएको प्रतिभा पहिचान गर्नुपर्छ,’ उनले भनिन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्