राजधानीमा विशेष रक्तिम साँस्कृतिक कार्यक्रम
काठमाडौँ महानगरपालिकाले आज यहाँ विशेष रक्तिम साँस्कृतिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा रक्तिमका कलाकारले नृत्य, गीत र नाटक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जीवन शर्माको ‘क्रान्ति त्यसै आउँदैन’, ‘रगतको आहुति बगाउनु पर्दछ’, ‘जहाँ भोक पेटले दाना पानी मागेको हुन्छ’, ‘अन्याय र अत्याचारले जहाँ सीमा नाघेको हुन्छ, त्यहाँ फुट्छ ज्वालामुखी’लगायत जनवादी गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ‘मिनी ओपेरा’ र ‘सङ्घीयताको फल’ नामक नाटक मञ्चन गरिएको थियो । पद्मोदय माध्यामिक विद्यालयका कक्षा दुईमा पढ्ने सफल परियारले ‘बाबू म त पढ्दिन सरकारी लगिदिनु, सरकारी कसोगरी तिरुला चर्काे शुल्क अति भयो मनपरी’ शीर्षकमा गीत गाउनु भएको थियो ।
रक्तिमका केन्दीय सदस्य एवं कलाकार हेमराज आश्रित, गीता थापा, विष्णु शर्मा, माया पुन, कमल राना, शोभा गोपालीले साँस्कृतिक प्रस्तुति दिनुभएको थियो । सो अवसरमा रक्तिमका केन्दीय सदस्य आश्रितले आगामी फागुन १ गते पोखरामा रक्तिमको राष्ट्रिय सम्मेलन हुने जानकारी दिनुभयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रक्तिम साँस्कृतिक कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्