मुलुकको भाषा, साहित्य, संस्कृति र दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाषा, साहित्य, संस्कृति र दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सव ,२०७९ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालका सबै समुदायको भाषा, संस्कृति र दर्शनको प्रवद्र्धनमा प्रतिष्ठानले अघि बढाउने नयाँ सोच र कार्यक्रमलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयका विराट प्रतिभा भएको भन्दै उहाँको मैतीदेवीमा रहेको कवि कुञ्जलाई संग्राहलयमा रूपान्तरण गर्ने कार्यको प्रशंसा गर्नुभयो ।
उहाँले बजारमा उपलब्ध हुन छाडेका कृतिहरूको पुनः प्रकाशन गर्ने प्रज्ञा प्रतिष्ठानको कार्यले नयाँ पुस्ताको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्