गितकार निरोज भट्टको नयाँ दोहोरी गित ‘चोली ढाकाले’ सार्वजनिक
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ ।
समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।
त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गितकार निरोज भट्टको नयाँ दोहोरी गित ‘चोली ढाकाले’ भखर्रै रिलिज भएको छ । सिद्धकाली डिजिटलको प्रस्तुतिमा रहेको गितमा कुशल गायक सचिन भट्टराई र हरिराम परियारको मीठो आवाज संगै लोकप्रिय गायिका देवी घर्ती र अमृता नेपालीको सुमधुर स्वर रहेको छ । गितमा गितकार निरोज भट्टको शब्द सृर्जना एवम् पछिल्लो समयका अत्यन्तै व्यस्त सर्जक रमेश परियारको लय रहेको छ ।
बागलुङ्गे र गोरखालीहरुको प्रेमिकल जोडीहरुको मायाप्रेमकै बिषयवस्तुलाई उत्कृष्ट शैलीमा गितमा प्रस्तुत गरिएको छ, मौलिकता पन झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । स्मृति तिमल्सिना (गुरुआमा) को निर्देशन र कोरियोग्राफीमा बनेको भिडियोमा रमाइलो ठट्यौली शेैलीको दोहोरि प्रस्तुत गरिएको छ ।
भिडियोमा लोमश शर्मा, बिपना चुनारा, अर्जुन कुबंर ‘पित्री बुढो’को अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करण चेैसिरको छायांकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ | गुरुआमा फिल्मसको पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Siddhakali Digital को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।
गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो : https://youtu.be/oj58tVpTnxU
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चोली ढाकाले, #निरोज भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्