त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभा सम्पन्न
नुवाकोट । त्रिशूली वाङ्गमय प्रतिष्ठानको बाह्रौँ साधारण सभा सम्पन्न भएको छ ।
भेलाले आगामी दुई बर्षका लागि कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसमा अध्यक्षमा आरएम डङ्गोल रहेका छन् भने उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल चयन भएका छन् ।
त्यसै गरी महासचिवमा श्यामराज पाठक चयन भएका छन् । सचिवमा राजेन्द्र घिमिरे सागर, कोषाध्यक्षमा लक्ष्मी रूम्बा तथासदस्यहरूमा पुरु लम्साल ,भैरवी ढुङ्गाना, कृष्णकिसु न्यौपाने, प्रभाती किरण ,सन्तोषी अधिकारी, बैरागी जेठा, उत्तम विचार भेटुवाल, पुरू बिमल, जया ओझा, जितेन्द्र सिह ठकुरी चयन भएका छन् ।
प्रतिष्ठानले नुवाकोट जिल्लामा जन्मिएर राजधानी काठमाडौँलगायत देशका विभिन्न भागलाई कर्मथलो बनाएका साहित्यकारहरुलाई एउटै मञ्चमा समेटी विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
अर्धवार्षिक रूपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ । प्रतिष्ठानका अध्यक्ष एवम् कवि आरएम डङ्गोलले पर्यटनका लागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको संस्थाले साहित्यिक यात्रा र सिर्जनात्मक गतिविधि गर्दै आएको उल्लेख गरे ।
प्रतिष्ठानले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा साहित्य यात्राहरु समेत आयोजना गर्दै आइ रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #त्रिशूली वाङ्गमय प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्