निफको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा ७ राष्ट्रिय अवार्ड र एक अन्र्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।
गत बैशाख २३ देखि २७ गतेसम्म भर्चुअलको माध्यमबाट सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफको पुरस्कार वितरण कोरोनाको कारण अनलाइनबाट विजेता घोषणा भएपनि पुरस्कार बितरण बाँकी रहेको निफको आइतवार विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गर्नुभयो ।
‘आमा खान्डो’ ले एकलाख नगद राशीको स्वदेशी फिचर फिल्मतर्फ पुरस्कार पाउदा यही फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशक अवार्ड पाएका छन् ।
त्यस्तै, फिल्म ‘लाटकोसेरो’बाट उत्कृष्ट नायक–नायिका अवार्ड नविन शिल्पकार र सरिता गिरीले लिएका थिए ।
फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले पाए भने प्यानडेमिक डकुमेन्ट्रतर्फ ‘सिभिल सोल्जर्स’ ले ५० हजार राशीको अवार्ड फिल्मका निर्देशक गणेश पाण्डेले लिएका थिए ।
५० हजार राशीकै राष्ट्रिय सर्ट फिल्मको अवार्ड भने राजेशप्रसाद खत्री निर्देशित ‘अ स्केयरक्रो’ ले पाएको छ ।
पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक आइतबार प्रदान गरिएको र बाँकी कुरियर मार्फत् पठाइएको आयोजक पक्षले जानकारी दिएको छ ।
कार्यक्रममा आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले पाँचौं संस्करणको निफको आवेदन समेत खुल्ला भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।
उनले यो पटक आउँदो चैत १० गतेदेखि १४ गतेसम्म हुने निफको पाँचौं संस्करणमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशीको वृत्तचित्र समेत थप गरिएको जानकारी दिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफको पुरस्कार वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्