नेपालको राजनीति
जे.पी नेपाल
नेपालको राजनीति ,लाजनिती भयो
कोरोनाको दोस्रो लहर ,देसै भरि गयो
जनताको सेवा गर्ने , पाइयेन है देशमा
जुन जोगि आए पनि , उस्तै उस्तै भेसमा
जनताको चासो भन्दा ,सत्ताको नै खेल
राजनीतिमा तिगडम बाजि ,सधै जाल झेल
कस्तो रोग आयो दैब , जनता मर्ने भयो
राजनीतिमा सत्ताको खेल , घिन लाग्दो रयो
फोस्रा चिप्ला आदर्सका , कुरा मात्रै गर्ने
औषधिसमेत खान नपाई , जनता मर्नु पर्ने
एउटा गये अर्को आउछ , उस्तै उस्तै शासन
जनता लाई चाइयेको छ , अन्न पानी रासन
राणा शासन पन्चायत , गणतन्त्र हेर्यु
परिबर्तन हुन्छ भन्दै , धेरै शासन फेर्यु
सधै भरि झुक्याउदै छन् ,जनता लाई हेर
न्यायमुर्ती जनताले , फाल्छ्न कती खेर
जनताले हिसाब किताब , राखेका छन् हेर
बन्द गर येस्ता खेल , अती भयो धेर
सबै मिलि जन शेवा , देश निर्माण गर
जनताको मुहारमा , सधै हासो भर
जनताको मुहारमा , सधै हासो भर ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जे.पी नेपाल, #नेपालको राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्