सरोज लामिछानेको `बरको हांगो´ नामक गित सार्वजनिक
काठ क्षेत्रका नक्षत्रको रुपमा आफ्नो नाम स्थापित गराईसकेका , कर्णप्रिय स्वरका धनि , सबैको मन मस्तिष्कमा छाप लगाउन सफल गायक , सर्जक , सरोज लामिछाने को “बरको हांगो” नामक गित सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रमा बिगत केहि समय देखि निकै चर्चा बटुल्न सफल गायकले आफ्नो यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरेका छ
उक्त गितमा उनी सङ्ग गायिका स्मृति गौतम ,सिमी ठकुरी र गायक विष्णु काले ठकुरीको स्वर भरेका छन् । फरक खालको सृजना गर्न रुचाउने उनी पछिल्लो समय काठ क्षेत्रका लागि पहिलो नम्बरमा रहेको कुरा सर्बबिदितै छ ।
उता गौतमसङ्ग कुरा गर्दा ,लामिछाने सङ्ग सालको पात हे माया गितमा सहकार्य गरे पछि यसैबाट सङ्गितीक यात्रामा धेरै फलिफाप भएको , र धेरै सफलता हासिल गरेको दर्शक श्रोताले रुचाएको र यहि गितबाट स्मृति गौतम भनेर चिनिएको कुरा गौतम बताउंछिन । जसबाट अगाडि बढ्नको लागि अर्को ईटा थप्ने काम भएको र फेरि नयां सृजना सरोज संगै गरेको कुरा उनी बताउंछिन् ।
पहिलाको जस्तै दर्शक श्रोता को माया पाउने आस र विश्वासका साथ अगाडि बढ्न प्रेरणा मिल्ने वताउदै बरको हागो बजारमा ल्याएको गौतम बताउँछिन् भने
नब कलाकार बिस्णु काले ठकुरी र सिमि ठकुरी पनि सरोज लामिछाने सङ्ग सहायात्रा गर्न पाउँदा धेरै खुसी भयको बताउछन् ।
गीतको सङ्गीत संयोजन आर के मिलनले गरेका हुन् । गीतको भिडियो संन्जिव ठकुरी र आयुस्मा कार्की लगायत को दम्दार अभिनय देख्न सकिन्छ ।
निरेन श्रेष्ठ को निर्देशन ,राजकुमार मगरको सम्पादन ,मुकेश हुमागाईको छायांकन गरेको भिडियो मा अमोन राना ले कोरियोग्रफ गरेका छन्।
गायक सरोज लामिछाने ले बरको हागो बोलको गित सङ्गै कोरोना गीत समेत सार्वजनिक गरेको बताउछन् ।
कोरोना गित समय सान्दर्भिक संन्देश बोकेको निकै मार्मिक खालको रहेको कुरा पनि बताऊछन सरोज ।
उक्त गितमा संयोजन,भिडियो ,सम्पादन आरके मिलन ले गरेका हुन् भने संगित,शब्द,स्वर अनि अभिनय स्वयम् लामिछाने कै देख्न सकिन्छ। ।
सामाजिक संन्देश बोकेको यस गितलाई सुनकोसी मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सरोज लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्