बालकृष्ण गुरुङको नयाँ म्युजिक भिडियो ‘को हौँ भन तिमी’ सार्वजनिक
काठमाडौँ – बाल कृष्ण गुरुङ र नवराज गुरुङको प्रस्तुतीमा ‘को हौँ भन तिमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बालकृष्ण गुरुङको आवाजमा सजिएको उक्त गीतको भिडियोसहित अप्रिल १मा GURUNG NAVRZ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
मबिंद्र राईको रचना तथा संगीत रहेको गीतको भिडियोमा नवराज गुरुङ र नायिका/मोडल गीता दुंगानालाई फिचर्ड गरिएको छ ।
बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन साथै प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।
त्यसैगरी, यस गीतका लगानीकर्ता जस्टिन/बाल गुरुङ हुन भने गीतमा ब्याकग्राउण्ड म्युजिक सुनिता थेगिमले दिएकी छिन्। 
यस्तै, गायक बालकृष्ण गुरुङकै आवाजमा अर्को नयाँ गीत “नजाउ पुतली” पनि छिट्टै सार्वजनिक हुँदैछ। बजारमा लेराउने तयारीमा रहेको उक्त गीतको भिडियोमा नवराज गुरुङ र नायिका सगुन शाहिलाइ हेर्न पाइनेछ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्