“मिस्टर एण्ड मिस मगर, २०२१” को आवेदन फाराम खुल्ला, अडिसन चैत्र २० मा हुने
काठमाडौँ — चैत्र ८, २०७७।
मगर युवा युवतीहरुलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता “मिस्टर एण्ड मिस मगर” आयोजना हुने भएको छ ।
कृयटिभ नेरो नेपालको आयोजनामा आगामी चैत्र २० गते कुमारीपाटीस्थित स्टेप अप लन्जमा “मिस्टर एण्ड मिस मगर, २०२१” को पहिलो अडिसन हुने भएको छ।
मगर समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गर्न लागेको साथै प्रतियोगीताले मगर समुदायमा एकता कायम गर्नुका साथै संस्कार र संस्कृतिको संरक्षणमा जागरण पैदा गर्ने आयोजक जनक मगरले बताए। यस संस्थाले मगर युवा युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई मगर जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले तयारी थालिएको मगरले जनाए ।
अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफरबाट करिव एक महिना लामो मोडलिङसम्बन्धी विशेष ज्ञान तथा प्रशिक्षण दिइने छ ।
प्रतियोगिताको विजेतालाई उपाधीसंगै पेरु भ्रमण प्याकेज, आकर्षक छात्रवृत्ती र बिभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ। साथै विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन स्युप्रा ग्रान्ड ईन्टरनेशनल, २०२२’ र ‘मिस्टर टिन एसिया,२०२२’ मा सहभागी हुन पाउने छन।
“मिस्टर एण्ड मिस टिन मगर” लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी थालिएको आयोजक मगरको भनाई छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्