बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २१ औँ शृङ्खला सम्पन्न
जीवनराज दाहाल (बर्दिवास)
आज मिति २०७७ साल चैत्र ७ (सात) गते शनिबारको दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २१ औँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा सम्पन्न भएको छ ।
शृङ्खलाको शुभकामना दिने स्रष्टाहरुमा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानको उपाध्यक्ष जीवनस्पर्शी, महोत्तरी प्रलेसका उपाध्यक्ष जमुना पोखरेल, सचिव प्रलेस महोत्तरी एवम् प्रतिष्ठानको काव्य विभागका सदस्य रमा शर्मा ढकाल, प्रदेश नम्बर २ पौडेल साहित्य प्रतिष्ठानको अर्थ सचिव अनन्त पौडेल, बर्दिवास छन्द चौतारीका सचिव विपिराज दहाल हुनुहुन्थ्यो ।
उक्त शृङ्खलामा विभिन्न लयका कविता, गजल र मुक्तक वाचन गरिएका थिए । यस शृङ्खलामा रचना वाचन गर्ने स्रष्टाहरुमा जेनिशा थापा, राम यादव, जीवनराज दहाल, जमुना पोखरेल, नानीराम दहाल, रमा शर्मा ढकाल, विपिराज दहाल, अनन्त पौडेल, जीवनस्पर्शी र आर सी विपुल हुनुहुन्थ्यो ।
यस प्रतिष्ठानको २१ औँ शृङ्खला भव्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी भाइबहिनी र अन्य स्रष्टाहरुलाई सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले धन्यवाद ज्ञापन गर्दै शृङ्खला समापन गर्नु भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्