“मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१” को शिर्ष उपाधी रिदम घिसिङलाई
काठमाडौँ — फाल्गुन २६, २०७७।
काजी प्रोडक्सनद्वारा आयोजित “मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१” को शिर्ष उपाधी रिदम घिसिङले पहिरिएकी छिन। विजेता घिसिङले दुबईमा आयोजित हुने मिस ग्लोबल इन्टरनेसनल, २०२१ मा आधिकारिक रूपमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन।
गोदावरी भिलेज रिजोर्टमा सम्पन्न भएको अन्तिम प्रतियोगितामा आलोका जोशी फर्स्ट रनर अप भईन भने पलिस्था शाक्य सेकेण्ड रनर अप भईन।

सागरिका श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रमको निर्णायक मण्डलमा मिस ग्लोबल ईन्टरनेशनल नेपालकी नेशनल डिरेक्टर मनिशा डंगोल श्रेष्ठ, सौन्दर्य ब्यवसायी रुश्का श्रेष्ठ, मिस कोस्मोपोलिटियन २०१९ प्रिया रानी लामा, गायिका,संगितकार तथा रचनाकार अश्रा कुवँर, राईनो नेपाल लेदर क्र्याफ्ट निर्देशक एलिशा शाह र मिस्टर नेपाल २०१९, मिस्टर सुपरनेशनल नेपाल २०२१ब सन्तोष उपाध्याय रहेका थिए।
त्रिलोक बिक्रम थापाको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमन खड्का र एसिस्टेन्ट कोरियोग्राफी वर्षा भण्डारीले गरेकी थिईन भने कार्यक्रमको संचालन सागरिका श्रेष्ठले गरेकी थिईन ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सौन्दर्य प्रतियोगिता मार्फत अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्