‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल, २०२१’ को अडिसन माघ २४ मा हुने
काठमाडौँ — माघ २१, २०७७।
नेपाली अविवाहित युवतीमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन माघ २४ गते शनिवार ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा हुने जनाएको छ ।
यस प्रतियोगितामा भाग लिन ईच्छुक प्रतिस्पर्धी नेपाली अबिवाहित युवती, १६ वर्षदेखि २५ वर्षसम्मका हुनेपर्ने जानकारी गराइएकाे छ ।
युवतीहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम नागरिक र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजक काजी प्रोडक्सनका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।
प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर सुमन खड्काले ग्रुमिङ गर्नेछन् ।
प्रतियोगिताका विजेताले ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल,२०२१’ को शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्यामपर जित्नेछन् । विभिन्न विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल,२०२१’ मा नेपालको प्रतिनिधित्व समेत गर्ने प्रतियोगिताका कार्यक्रम व्यवस्थापक त्रिलोक बिक्रम थापाले जनाएका छन।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्