गायक विनोदको एकल महिलाको कथामा आधारित गित ‘पार्वती’ (हेर्नुहोस् भिडियो )
पछ्यौरीको फेरोले आँसु पुछ पार्वती
सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती
कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै सार्वजनिक यो गीतमा आसुँमा डुब्ने र एक्लो महसुस गर्ने होइन, हाँस्न र बाँच्नका लागि संसार ठूलो छ भन्ने भाव व्यक्त गरिएको छ ।
हरि लम्सालको संगीत रहेको यो भिडियो यतिबेला युट्युबमा समेत मन पराइएको छ । यो गीतको भिडियो रचना गर्भले बोलेजस्तै गरी बनाइएको छ । गायक बानियाले जनजिब्रोमा झन्डिने गरी गीत गाएका छन् ।
केही समयपछि नयाँ भिडियोसहितको गीत सार्वजनिक गरेका गायक बानिया गीत स्तरीय बनेको बताउँछन् । ‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ गायक बानियाले भने, ‘सबै एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको हो ।’ भिडियो हेरेर भावुक भएको धेरैले प्रतिक्रिया दिएका छन् ।
एक पटक खुसी खोसिएपछि दुखी भइरहनु पर्दैन र फेरि खुसी आउन सक्छ भन्ने भावमा गीत बनेको बताउँदै कवि तीर्थले भने, ‘गायक बानियाले गीतलाई न्याय गरेका छन् । भिडियो पनि एकल महिलाको संवेदनालाई न्याय गर्दै बनेको छ ।’ यो गीत लमजुङको भुजुङ गाउँमा देखिएको दृश्यले जन्माएको कवि श्रेष्ठले बताए ।
कहिले देशभक्ति, खेलकुद, रोमान्टिक त कहिले प्रेम रसका गीत पस्कीरहने बानियाले यसपटक पनि उस्तै फरक र मौलिक स्वादको गीत पस्किएका छन् ।
दुई दशकदेखि संगीत कर्म गरिरहेका गायक बानियाले चर्चामा रहेको ‘म त बलेनीमा’ गीतपछि यो गीत बजारमा ल्याएका हुन् । यसअघि उनको मान्छे, डाउड, प्रोफाइल एल्बम बजारमा आइसकेका छन् ।
एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, सिर्जना जिसी, अनील लामिछानेले अभिनय गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विनोद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्