समग्र रामेछापलाई भिडियोमा उतारे निर्देशक रमेश वावाले
विगत लामो समयदेखि चलचित्र,म्यूजिक भिडियो,वृत्तचित्र लगायतका विधाहरुमा निर्देशकको रुपमा क्रियाशिल रमेश वावा नेपालको निर्देशनमा भर्खरै मात्र `मेरो प्यारो रामेछाप´ वोलको प्रवर्द्धनात्मक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।थोरै काम गर्ने तर अाँफूले लिएको कामलाई सक्दो न्याय दिने स्वभावका रमेशका संख्यात्मक हिसावले थोरै भिडियोहरु भएता पनि गुणात्मक हिसावले अत्यन्तै महत्वपूर्ण छन्।
गत असार २६ गते एउटा अौपचारिक समारोहका वीच स्मार्ट क्याफे धुम्वाराहीमा सार्वजनिक गरिएको सो गीतमा चम्पक गुरुङ्गको शव्द,फूलकुमार वमजनको संगीत,महाराज थापाको संगीत संयोजन स्वरुपराज अाचार्य र जुनु रिजालको स्वर र प्रकाश मिश्रको मिक्सिङ्ग रहेको छ।
नम्रता सापकोटा,चम्पक गुरुङ्ग र विकास गुरुङ्ग अभिनित सो भिडियोको छायाङ्कन रविन्द्र वराल र सम्पादन निशान घिमिरेले गरेका थिए।रामेछाप जिल्लाको पर्यटकीय र साँस्कृतिक महत्वलाई झल्काउन खोजिएको सो गीति भिडियोको वारेमा वोल्दै समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कुशल श्रेष्ठले”रामेछाप जिल्लाको वारेमा हामीजस्ता राजनीतिज्ञले भाषणमा धेरै व्याख्या गर्यौं होला,साहित्यकारहरुले शव्दमा धेरै लेखे होलान् तर यसरी श्रव्य/दृष्य माध्यमवाट वर्णन गरिएको यो नै पहिलो विशिष्ट प्रयोग हो जहाँ समग्र रामेछाप जिल्लाकै पर्यटकीय महत्वलाई मात्र नभै सँस्कृतिक रीतिरिवाज र चालचलनलाई समेत सुन्दर तरिकाले प्रस्तुत गरिएको छ”भन्नुभएको थियो।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्