बिष्णु कार्कीको “झिलिमिली झिलिमिली काठमाडौंं शहर”सार्वजनिक
गायिका मिरा कार्की तथा गायकरसंगितकार बि.बि. अनुरागीको स्वर बिष्णु कार्कीको शब्द रहेको “झिलिमिली झिलिमिली काठमाडौंं शहर” बोलको गीत सुधन धितालको नेपाली कथानक चलचित्र ‘पर्दाफास’ मार्फत देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना सहित सार्वजनिक भएको छ।
नेपाली सुगमा संगितमा स्थापित हुँदै गरेकी गायिका मिरा कार्कीको सुमधुर स्वरले भरिएको र दर्जनौ गीत नेपाली संगितप्रेमीहरुलाई दिईसकेकी गायिका कार्कीको भने सबै भन्दा प्रियगीत यही झिलिमिली झिलिमिली काठमाडौं शहर रहेको गायिका कार्कीले बताइन् सफल पर्यटन व्यवसायिको रुपमा परिचित समाजसेवी तथा गितकार बिष्णु कार्कीले काठमाण्डौ सहरलाई सप्तरंगी सपनाको शहरको उपमा दिएका छन्।
माया गर्ने मायालु जोडीहरुकोलागि यो सहर झिलिमिली र प्रेमिल बन्ने गरेको सबै सपनाहरु यही सहरमा पुरा हुने अनी मन र मुटु पनि यही सहरमा जोडीने भाव सहित दिपावली झै झिलिमिली काठमाडौं शहर र यो शहरमा पुरा हुने सबै रहर यस गीत मार्फत पर्दाफास हुँदैछ।
गितकार कार्कीको झिलिमिली शब्दलाई संगितकार बि.बि अनुरागीले तिहारको झिलिमिलीमा नाँचु नाँचु लाग्ने संगित भरी आफुले दमदार गायकी प्रस्तुत गरेका छन्।
चर्चित एरेन्जर तथा मिक्सिङ मास्टर श्याम श्वेत रसाइलीको कर्णप्रिय एरेन्ज रहेको झिलिमिली झीलिमिली काठमाडौं शहर बोलको गितमा मोफसलमा रहेर नेपाली चलचित्र क्षेत्रमा अभिनित कलाकारहरुको अभिनय रहेको छ।
चलचित्र गायनमा आफ्नो दोश्रो गित मार्फत नेपाली दर्शक श्रोताको मनमुटुमा बस्ने तथा आफु आशावादी भएको झिलिमिली झिलिमिली काठमाडौं शहर गित मार्फत गायिका आफु पनि सफल हुने कुरा र आफ्नो दिपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना स्वरुप यो गीत सार्वजनिक भएको जानकारी दिईन्।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #“झिलिमिली झिलिमिली काठमाडौंं शहर”
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्