बर्दिवासमा कविता सङ्ग्रह लाेकार्पण
– जीवनराज दाहाल ( बर्दिवास )
बर्दिवास साहित्यिक – सांस्कृतिक प्रतिष्ठानद्वारा प्रकाशित कविद्वय रामचन्द्र पौडेलका कविताहरु र नानीराम दहालका कविताहरु नामक कवितासङ्ग्रह संयुक्तरूपमा अाज मिति २०७७ साल मंसिर ६ गते शनिबार ब न पा १ स्थित देउराली मा. वि. काे सभाहलमा नगरप्रमुख विदुर कुमार कार्कीको प्रमुख अातित्थ्य र गुरु नारायण विक्रम थापाको विशिष्ट अातित्थ्यमा सम्पन्न भयाे । कृति विमाेचन कार्यक्रमकाे अध्यक्षता यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी र कार्यक्रम सञ्चालन सचिव यशाेदा श्रेष्ठले गर्नु भएको थियो ।
उक्त लाेकार्पण कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सहभागी सम्पूर्णमा स्वागत् मन्तव्य प्रतिष्ठानका कार्य समिति सदस्य जीवनराज दाहालले गर्नु भएको थियो । कवि रमा शर्मा ढकालले कविता वाचनका साथै लाेकार्पण काव्य कृतिमाथि चर्चा गर्नु भयाे । कवि रामचन्द्र पौडेलका कविताहरुमाथि, कवि लीलानाथ गाैतम र कवि भीम कुमार राउतले चर्चा गर्दै कवितासङ्ग्रहमा समावेश कविताहरुकाे हरेक पक्षकाे समालोचना गर्नु भएको थियोे भने, कवि नानीराम दहालका कविताहरुमा कवि जनकप्रसाद पाैडेल र कवि विपिराज दहालले चर्चा गर्नुभएको थियोे । उहाँहरुले कृतिकार कविहरुका अबका दिनमा अझ खारिएका कृतिहरु प्रकाशन हौन् भन्ने शुभकामना पनि दिनुभयो । यसैगरी शुभकामना मन्तव्य दिदै बर्दिवास छन्द चौतारीका संयाेजक प्रेम घिमिरेले कविद्वयकाे कृतिमाथि चर्चा गर्नुभएको थियो ।
प्रकाशित कृतिमाथि शुभकामना दिने व्यक्तिहरुमा समाजसेवी, साहित्य प्रेमी केदार बहादुर काेइरालाले अागामी दिनमा अझ ससक्त कृतिहरु जन्मदै जाउन भन्ने शुभकामना दिनु भयाे । उक्त कार्यक्रममा शुभकामना दिदै प्रगतिशील लेखक संघ प्रदेश नं २ का अध्यक्ष पार्थसारथिले भाेलिका दिनमा अझ ससक्त बन्ने विस्वास व्यक्त गर्नुभयो । यस शुभकामना तथा चर्चाका बिचबिचमा गीत तथा कविता वाचनले कार्यक्रममा थप रौनकता थपिएको थियो ।
कविता वाचनमा रमा शर्मा, मिना अाले, नवलकिशाेर महताे लगायतका कवि थिए भने गायनमा प्रतिष्ठानका संगीत तथा गीत विभागका सदस्य गायक अर्जुन बाबु लामाले मिठाे गीत गाएर सबैलाई मन्त्रमुग्ध पार्नुभयाे । कविद्वय रामचन्द्र पाैडेल र नानी राम दहालले अाफ्ना कृति माथि भएको चर्चालाई अात्मसाथ गर्दै टिप्पणीकार सबैमा धन्यवाद दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि र प्रमुख अतिथिले स्रष्टाको कृति माथि चर्चा गर्दै शुभकामना पनि व्यक्त गर्नु भएको छ ।
अन्तमा कार्यक्रमकाे समापन गर्दै कार्यक्रमका सभापति जीवनस्पर्शीले यस कार्यक्रममा सहभागी भई भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद दिदै लाेकार्पण कार्यक्रमलाई समापन गर्नु भयाे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्